राजनीति

बागमती प्रदेशले मन्त्रिपरिषद् विस्तार गर्दै, आजै शपथ पनि लिने


काठमाडौँ – आज बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गर्दैछ । बागमती प्रदेशका मुख्‍यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डलमा तीनजना मन्त्री र एकजना राज्‍यमन्त्री थप्‍ने तयारी गरेका छन् ।

मन्त्री हुनेमा जुनेली श्रेष्ठ, चन्द्र लामा, केशब पाण्डे र डा.राकुमार अधिकारीको नाम रहेको र उनीहरुको आजै दिउँसो ४ बजे शपथ ग्रहणको तयारी गरिएको छ । २०७७ साल पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि खाली रहेको मन्त्रालयमा जिम्मेवारीसहित मन्त्रीपरिषद विस्तारको तयारी गरिएको हो ।

यसअघि आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका थिए ।