कोरोना विशेष

कोरोनाको ग्राफ उकालो लाग्दै : एकैदिन ४ हजार ५२४ जनामा कोरोना पुष्टि

१८ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा ४ हजार ५२४ जना कोरोना संक्रमित पुष्टि भएको छ । पिसिआर परीक्षणमा ४ हजार ३६४ र एन्टिजेनमा १६० गरी ४ हजार ५२४ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख ७ हजार ९२५ पुगेको छ ।

कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना पुगेको छ । हालसम्म २ लाख ७८ हजार ५०६ संक्रमित निको भइसकेका छन् । देशभर ५८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।