बिजनेस

नेप्सेमा उछाल : ९२ अंकले बढ्यो बजार, ११ कम्पनीमा सकारात्मक सर्किट


काठमाडौँ – लगातार दुई दिन उच्च अंकले घटेको नेपाली शेयर बजार साताको तेस्रो दिन भने उल्लेखिय सुधार आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से सुचक ९२ दशमलव ४६ अंकले बढेर दुई हजार पाँच सय ९९ दशमलब शुन्य आठ विन्दुमा पुगेको छ भने ५ अर्ब १० करोड ४५ लाख बराबरको कारोबार भएको छ ।

मंगलबार कारोबार भएका सबै उपसमूहमा सुधार आएको छ । त्यसैगरी, आज ११ वटा कम्पनीमा पोजेटिभ सर्किट लागेर बजार बन्द भएको छ । नेप्से उच्च अंकले वृद्धि हुदाँ शेयर बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेर कारोबार भएको छ । जसमा १० प्रतिशतसम्म वृद्धि भएर सर्किट लाग्ने ११ वटा कम्पनीहरु छन् ।

बढ्ने कम्पनीमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना, बिशाल बजार कम्पनी, महिला लघुवित्त, समिट लघुवित्त, युनाइटेड इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्था, अरुण भ्याली हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर र उन्नती सहकार्य लघुवित्त रहेका छन् । आज अपर तामाकोशी जलविद्युत आयोजनाको शेयर सर्वाधिक कारोबार भएको छ ।