राजनीति

पूर्वराजा दम्पती अक्सिजनको सपोर्टमा


काठमाडौँ – पूर्वराजा दम्पती ज्ञानेन्द्र शाह र कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार गरिएको छ ।

कोरोना संक्रमित भएपछि पूर्वराजा दम्पत्ति नर्भिक अस्पताल भर्ना भएका थिए । कोरोनाबाट संक्रमितमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले अक्सिजनको सपोर्टमा उपचार गरिएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ । पूर्वराजा दम्पतीको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।