समाचार

काठमाडौँ उपत्यका छाडेर घर फर्किनेहरुको भीड


काठमाडौँ – सरकारले काठमाडौं उपत्यकामा बिहीबार देखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकामा बैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले मंगलबार बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।

खासगरी काटेश्वर नाका र थानकोट नाकाबाट उपत्यका छाड्नेहरुको भीड बढेको छ । त्यसबाहेक बालाजु तर्फको नाका र बल्खु नाकामा समेत उपत्यका छाडने मानिसहरुको भीड लागेको छ सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ ।

केही समय अघिसम्म यात्रुविहिन गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर उपत्यका छाडेका छन् ।