समाचार

‘साउथ एसियन इकोनोमिष्ट विद्यार्थी समिट’मा नेपाली टोली प्रथम


काठमाडौँ – साउथ एसियन इकोनोमिष्ट स्टुडेन्ट समिटमा भाग लिएकी नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । विजेता शाहीको टिमले ३ हजार अमेरिकी डलर पुरस्कार हात पर्न सफल भएकी छन् ।

पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बीबीएम ७ औँ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले ८ महिना लामो टेक्सटाइल इन्ड्रटिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिसर्चले अवार्ड जितेको हो ।

सन २०१९ बाट सुरु भएको उक्त समिट यस पटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो । उक्त समिटमा दक्षिण एसियाका भारत, बङ्गलादेश,अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए । हरेक टिममा प्रत्येक देशका एक जना विद्यार्थीको सहभागिता रहेको थियो ।