देश

वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, ३१ जना सम्पर्क विहीन


काठमाडौँ – तीन दिनदेखि आएको अविरल वर्षाका कारण देशभरमा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । देशभर ३५ जनाको मृत्यु भएको छ । कार्तिक १ देखि लगातारको वर्षासँगै आएको बाढी र पहिरोमा परी ३४ जना बेपत्ता भएका छन् भने १४ सय परिवार विस्थापित भएका छन् ।

बाढी पहिरोले सबैभन्दा बढी क्षति प्रदेश १ र सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा गरेको छ । सबैभन्दा धेरै डोटीमा दश जनाको मृत्यु भएको छ । जोरायल गाउँपालिकामा ६, सायल गाउँपालिकामा दुई, बोगटान फुड्सिल गाउँपालि र शिखर नगरपालिकामा एक–एकजनाको मृत्यु भएको हो । यस्तै हुम्ला र धनकुटामा ६–६ तथा पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । बैतडीमा तीन, सुनसरी र डडेल्धुरामा दुई–दुई तथा कालिकोटमा एकजनाको मृत्युको छ ।
अझै केही दिन मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ