पर्यटन

मेरापिक आरोहण सकेर फर्किनेक्रममा वेपत्ता शेर्पा अझै अज्ञात, उद्दारमा गएन कसैको ध्यान


सम्पर्क विहीन छेतेन शेर्पा

काठमाडौँ – मेरापिक आरोहण गरेर फर्किने क्रम एक आरोही सम्पर्क विहीन भएका छन् । मंगलबार मेरापिक आरोहण गरेर फर्किने क्रम सोलुखुम्बु मोपुङका छेतेन शेर्पा सम्पर्क विहीन भएका थिए । शेर्पाको अवस्था अहिलेसम्म अज्ञात छ ।

आरोहण टोलीका १८ सदस्य मध्ये शेर्पा वेपत्ता भएका हुन् । टोलीका अर्का सदस्य छिरिङ शेर्पाका अनुसार पिक आरोहण गरेर फर्किने क्रम शेर्पालाई धेरै थाकन लागेको थियो । थकानका कारण हिड्नै नसक्ने अवस्था आएपछि क्लाइम्बिङ गाइड पासाङ छिरिङ शेर्पालाई उनको साथमा छोडेर अन्य टोली फर्किएको थियो । तर गाइड शेर्पासंगै रहेका छेतेन शेर्पालाई आँखामा समस्या आएर देख्न नसक्ने भनेपछि गाइड शेर्पा रेस्क्यु टोली लिन हाइक्याम्प झरेका थिए । उनी हाइक्याम्पबाट रेस्क्यु टोली लिएर छेतेन भएको ठाउँमा पुग्दा उनी त्यहाँ नभएको शेर्पाले जानकारी दिएका छन् ।

क्लाइम्बिङ गाइड शेर्पासंग मकालु एडभेन्चरको उद्दार टोली छेतेनको रेस्क्यु गर्न पुगेको थियो । उक्त स्थानमा पुग्दा छेतेन शेर्पा त्यहाँ नरहेको उनीहरुले बताएका छन् । आरोहण सकेर फर्किनेक्रममा भएको मौसम प्रतिकुलताले शेर्पाको स्वास्थ्यमा समस्या भएको थियो ।

हावाहुरीसहितको हिमपात परेपछि छेतेन वेपत्ता भएको हुन सक्ने आरोहण टोलीका सदस्यहरुको आशंका छ । मौसम प्रतिकुलताका कारण गाइड शेर्पाको स्वास्थ्यमा समेतगम्भिर समस्या देखिएको छ । आरोहण टोलीले उनको उद्दार गरि खोङ्मादिङमा रहेको क्याम्पमा ल्याएको छ ।
उनीहरु एडभेन्चर भिक्टोरी र मकालु एडभेन्चर मार्फत मेरापिक आरोहणमा गएका थिए ।

हिमपातमा फसेका पर्यटकलाई उद्दार गर्न मेरापिक क्षेत्र आएको हेलिकोप्टर मौसम प्रतिकुलताका कारण अवतरण हुन नसक्दाथप समस्या निम्तिएको छ । यता आहरोहण पर्यटनमा काम गरिरहेका नेपाल पर्यटन बोर्ड र नेपाल पर्वातारोहण प्रतिष्ठान र टान लगायतका निकायले कुनै अग्रसरताका लिएका छैनन् ।