प्रदेश नं. २

प्रदेश २ को प्रदेश सभा बैठक बस्दै, नाम र राजधानीसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका


काठमाडौँ — प्रदेश २ सभाको आज बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित नाम र राजधानी अध्ययन विशेष समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रतिवेदन प्रस्तुत भएपछि यस उपर छलफल हुनेछ । प्रदेशको नाम र राजधानी दलीय सहमतिको आधारमा तय गर्न १३ पुसमा बसेको प्रदेश सभा बैठकले संसदीय अध्ययन विशेष समिति गठन गरेको थियो ।

प्रदेशको नामाकरणका लागि चार वटा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ जसपा र माओवादी तथा विपक्षी दल लोसपाले मधेश प्रस्ताव गर्दा कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव गरेको छ । नेकपा एमाले र नेकपा ९एकीकृत समाजवादी०ले जानकी नाम प्रस्ताव गर्दा कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश प्रस्ताव दर्ता गराएका छन् ।

राजधानीका लागि जनकपुरधाम र वीरगञ्जको प्रस्ताव दर्ता भएको छ ।