कोरोना विशेष

पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना भाइरस संक्रमण


काठमाडौँ — पछिल्लो २४ घण्टा देशभर थप ५० जनामा कोरोना भाइरस ९कोभिड-१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१४ जनामा गरिएको परीक्षणमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १८ जना कोभिड-१९ बाट संक्रमण मुक्त भएका छन् भने हाल नेपालमा २९७ जना कोभिड-१९ का स्रक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा देशभर एक लाख ७८ हजार ७८६ जनाको कोभिड(१९ विरुद्धको खोप लगाएका छन् ।