समाचार

जगदम्बा स्टीलमा आगलागी, दुई दमकलद्वारा आगो निभाउँदै


काठमाडौँ – शनिवार साँझ पथलैयास्थित साढे ७ बजे औद्योगिक करिडोरअन्तर्गत बाराको सिमरामा सञ्चालित जगदम्बा स्टिल प्रालिमा आगलागी भएको छ। फलाम गलाउने भट्टी पड्केर आगलागी भएको बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।

‘केहीबेर अघि मात्रै विस्फोट भएर उद्योगमा भीषण आगलागी भएको छ, जितपुरसिमरा उपमहानगरपालिका र अमलेखगंज डिपोको गरी दुई वटा दमकलले आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने।

प्रारम्भिक जानकारी अनुसार आगलागीमा एक जना घाइते भएको र थप विवरण आउन बाँकी रहेको उनले बताए। आगो नियन्त्रणमा लिन पर्सा र बाराका सुरक्षाकर्मी परिचालन गरिएको छ।