Breaking

ताप्लेजुङमा छोराद्वारा वावु आमाको हत्या


काठमाडौँ — ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा बिहिबार २२ गते बेलुका गोटीछाँगामा छोराद्वारा बृद्ध वावुआमाको हत्या गरेका छन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराज लिम्वूले विहिवार वेलुका ७० वर्षिय वावु बृखवहादुर र ७२ वर्षिय आमा फिपरानीको हत्या गरेका हुन ।

२५ वर्षिय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको राईले जानकारी दिएका छन् । मादक पदार्थ सेवनका कारण घटना भएको प्रारंभिक जानकारी आएको राईले वताए । स्थानियका अनुसार एकान्तस्थलमा यहाँ २ वटा मात्रै घर रहेका छन । घटनाको जानकारी पनि स्थानियले लेलेप प्रहरी चौकिमा खवर गरेका थिए । यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।