पर्यटन

घ्याङखर्क पिक : पर्यटन प्रवद्धन गर्न अनलाइन फोटो प्रतियोगिता हुँदै


काठमाडौँ — पर्यटन प्रवद्धन गर्ने उद्देश्यले अनलाइन फोटो प्रतियोगिता आयोजना हुने भएको छ ।
सोलुखम्बु र खोटाङको सिमानामा रहेको घ्याङखर्क पिकको प्रबद्र्धन गर्ने उदेश्यले घ्याङखर्क चौरी फार्मले अनालाइन फोटो प्रतियोगिता आयोजन गर्न लागिएको हो ।

पर्यटनको प्रचुर सम्भावना भएको घ्याङखर्क पिक प्रचारप्रसारको अभावमा रहेकाले अनालाइन फोटा प्रतियोगितामार्फत पर्यटक भित्रउने हेतुले फोटो प्रतियोगिता आयोजना गरिएको आयोजक नुरु शेर्पाले योहो खबरसँग बताउनुभयो ।
शेर्पाका अनुसार २०७९ मा पाँच हजार पर्यटक भित्र्याउने लक्ष्य रहेकोसमेत बताउनुभयो । प्रतियोगितामा सहभगी हुन चाहने व्यक्तिल घ्याङखर्क पिकमा खिचिएको फोटो आयोजकलाई भाइबर र व्हाटसएप नम्बर ९८४२९४९८४७ मार्फत २०७९ चैत्र १ गतेसम्मा पठाउनु पर्ने शेर्पाले बताउनुभयो ।

आयोजक घ्याङखर्क चौरी फार्मको फेसवुक पेजमा अपलोड गरिएको फोटो लाइकको आधारमा अर्को वर्ष २०८० वैशाख १ गते विजेता घोषणा गरिने शेर्पाले बताउनुभयो । प्रतियोगिता विजेताले प्रथम, द्वितीय र तृतीयले नगद ५ हजार ४ हजार ३ हजारका दरले पुरस्कार पाउने छन् ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ५ मा घ्याङखर्क पर्दछ । यहाँबाट खोटाङको सिमा पनि सुरु हुन्छ । जसको उचाई समुन्द्री सतहबाट ३७०० मिटर छ ।

अब मनमा खुल्दुली सुरु हुन्छ, कसरी जाने यहाँ ?
पहिलो दिन जिपबाट काठमाडौं धुलीखेल हुँदै खुर्कोटको बाटो प्रयोग गर्दै ओखलढुङ्गाबाट सोलुखुम्बु पुग्ने । जाँदै गर्दा पत्तालेबाट सगरमाथा सहितका दजृनौँ हिमालहरु आँखै अघी हेर्न सकिन्छ । सदरमुकाम सल्लेरीबाट सल्लेरी, नेले सम्म कालोपत्रे सडक प्रयोग गर्ने । त्यसपछि बुडिडाँडा, सोताङ हुँदै करिव ९ कच्ची मोटरबाटो प्रयोग गरे पछि वुङ्गमा पुन सकिन्छ ।

दोस्रो दिन बुङ,चाचालुङ्ग, लमदामा, लिप्सिदीम हुँदै करिव ३र४ घण्टाको पैदल यात्रा पछि शेर्पा समुदायको वाक्लो बस्ती नर्कुम, हिडन भिलेज पुगिन्छ । आज विशेष गरी कुलुङ समुदायको बाहुल्यता रहेको गाउँ वुङ्ग, छेस्काम ,गुदेल र चाचालुङ्गका सुन्दर बस्ती र यहाँका गुम्बा र छोर्तेन हेर्दै यात्रा गर्दा थकानको कुनै अनुभव नै गर्न पर्दैन ।

तेस्रो दिन नुर्कुम बाट करिब साढे २ घण्टा को पैदल यात्रा पछि गन्तब्यस्थल घ्याङ्खर्क पिक पुगिन्छ, मिल्छ एउटा स्वर्गिय आनन्द । त्यहाँबाट फर्किँदा अर्को बाटो आउन सकिन्छ । करिब ३ घण्टाको यात्रा पछि थुलुङ्ग दुधकोशी गाउँपालिकाको योनाम कुरीमामा पुगिन्छ । जहाँ विशेष गरी शेर्पा समुदायको बाहुल्यता रहेको छ ।

चौथो दिन योनाम, हरिसे, ऐंसेलुखर्का,कुविण्डे, विजुले, हुँदै करिव ४ घण्टाको जिप यात्रा पछि बौद्व र हिन्दु धर्मालम्वीहरुको प्रसिद्ध धार्मिक स्थल हलेसी महादेव दर्शन गर्न पुग्छौं । अनि यात्रा भरीका सुनौला यादहरुलाई संगालेर गाडीमा काठमाडोँ फर्कने । त्यहाँ पुगेर फर्किएपछि सबैले भन्नेछन् वाउ‘… घ्याङखर्क, एक उत्कृष्ट पर्यटकीय गन्तव्य ।