देश

उपाध्यक्ष र केन्द्रीय समितिको संख्या बढाउन नेतृत्वलाई केन्द्रीय सदस्यहरुको सुझाव


काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेताहरुले उपाध्यक्ष र केन्द्रीय समितिको संख्या बढाउनुपर्ने सुझाव दिएका छन् । एमालेलाई नेकपाकै निरन्तरताको रूपमा बुझ्नुपर्ने र त्यही अनुसार प्रतिवेदन तयार गर्न केन्द्रीय सदस्यहरुले सुझाव दिएका हुन् ।

यस्तै उनीहरूले पदाधिकारी दुईभन्दा बढी पटक हुन नहुने र कार्यकारी पदमा दुई पटकभन्दा बढी राख्न नमिल्ने गरी बनाउनुपर्ने सुझाव दिएका छन् । विधान संशोधन प्रस्तावमा पोलिटव्यूरो नराख्ने उल्लेख छ । तर, समूहगत छलफलमा पोलिटब्यूरो कायमै राख्नुपर्ने आवाज उठेको छ । हाल प्रस्ताव गरिएको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष ३ जना मात्रै राख्ने उल्लेख गरिएको छ । यसले नेताहरु व्यवस्थापनामा समस्या पर्ने भएकोले कम्तिमा ७ जना उपाध्यक्षको व्यवस्था गर्न नेताहरुले सुझाव दिएका छन् ।