काठमाडौँ — टिपरमा आगजनी गरेको शंकामा प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। मंगलबार बिहान साढे चार बजे टिपरमा आगजनी गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने चालक राप्ती गाउँपालिका सिसहनियाका अर्जुन चौधरी र सहचालक कृष्ण रहेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ख १६९४ नम्बरको टिपरमा बिहान ४ साढे बबई खोलाको पुल नजिक आगजनी गरिएको थियो ।
नेकपाले बन्द कार्यक्रम बिहान ५ बजे पछि मात्रै भएको भन्दै टिपर आगजनीमा आफूहरूको संलग्नता नभएको जानकारी गराएपछि चालक र सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । टिपरमा आगजनी भएपछि चालक सहचालकले प्रहरीलाई खबर नगरेको गरेका थिए। अर्कै चालकले आगो लागेको देखेर फोन गरेको हुँदा चालक र सहचालकको भनाइ पनि नमिलेका कारण अनुसन्धानका लागि नियन्त्रणमा लिएको होु,उनले भने ।


प्रतिक्रिया