काठमाडौँ — यसपालीको स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुमाथि विश्वास नगरी देशभर १२ हजार ६ सय बढीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर त्यसमध्ये काठमाडौं सहित देशका केही प्रमुख स्थानमा स्वतन्त्र उम्मेदवारले राजनीतिक दललाई पछी पारेका छन् । त्यसमध्ये काठमाडौंका बालेन शाह, धनगढीका गोपाल हमाल र धरानका हर्क साम्पाङको उदयले अच्चमित बनाएको छ । धरान शहरका हर्क साम्पाङ एक व्यक्ति मात्र थिएन, एउटा आन्दोलन थियो, एउटा विद्रोह थियो । एउटा आवाज थियो, जसले धरानका हरेक समस्यामा नजर राख्यो र जवाहदेही निकायलाईतीखो भाषामा तीखै प्रश्न गथ्र्याे ।
आजभन्दा १० बर्षअघि हर्क साम्पाङलाई मान्छेहरु होच्याएर बोल्थ्ये । न्यायका लागि जोसँग पनि भिडिहाल्ने स्वभावकै कारण कतिपयले उनलाई पागल पनि भने। तरपछिल्लो एक दशक यताधरान उपमहानगरभित्र उनले बनाएको मुख्य पहिचान हो, सामाजिक अभियन्ताको। दशकौंदेखि बल्झिएको खानेपानी अभावविरुद्ध होस या धरानको वैभव बनेर रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाएको बेथिति विरुद्ध होस्, हर्कले जवाफदेही निकायलाई कार्यकक्षमै पुगेर खबरदारी गरिरहेका छन् ।
एक समय आयो, वैदेशिक रोजगारबाट फर्किएर टेम्पो चालकको पहिचान बनाएका हर्कले सामाजिक अभियन्ताका रुपमा सरकारी कार्यालयका हाकिम र राजनीतिक नियुक्त खाएर प्रतिष्ठानको मालिक बनेकाहरुलाई जहाँसुकै र जहिलेसुकै प्रश्न गर्न थाले । यसै कारण एकथरीले उनलाई ‘अराजक’ पनि भन्ने गर्छन् । तर जनता,बाटो बिग्रिए पनि, टेलिफोनको तार चुँडिए पनि वा अन्य समस्या पर्दा सबैले उनलाई सम्झिन्छन् ।कुनै टोलमा खानेपानी आएन भने तुरुन्तै हर्क साम्पाङलाई फोन आउँछ ।
उनी समस्या बुझेर धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुखलाई फोन गरी उनीसँग भएको कुरा फेसबूक मार्फत लाइभ गर्छन् । सरकारी कार्यालयका सेवा–सुविधामा समस्या हुँदा पनि मानिसहरु उनैलाई गुहार्छन ।पहिला समाधानकोपहल लिन्छन्, नभए आन्दोलन शुरुगर्छन ।अहिले तिनै हर्क सम्पाङलाई उपहार स्वरुप जनताले धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित गराइदिएका छन् ।
निर्वाचनका बेला पनि हर्क सम्पाङको शैली विछट्टै फरक देखियो । एक हातमा माइक र एक हातमा छाता बोकेर एक्लै चुनावी प्रचारमा जान्थ्ये । न कुनै ब्राण्डेड कपडा, न कुनैहाइफाइहेर्दा सामान्य देखिने उनमा भारतीय केजरीवालको झल्को आउँथ्यो । अटोमै बसेर टोलटोलमा पुग्दा मानिसहरु वरिपरी भेला भएर उनका कुरा सुन्थ्ये ।
राजनीतिक दलका बेथिति विरुद्ध भण्डाफोर गर्दै आफ्ना वाचाहरु मार्फत जनताको विश्वास जित्न निरन्तर लागिपरे । तर न कुनै जनता उनको समर्थनमा सडकमा निस्किए, न कुनै नाराजुलुस भयो, बरु धराने जनताले सुटुक्क भोट हालेर जिताइदिएका छन् । अहिले उनी भारी मतान्तरका साथ मेयरमा निर्वाचित भएका छन् । धरानेलाई जसरी पानी खानेपानी पु¥याउँछु भनेर वाचा गरेका छन् ।
हाल धरानमा दैनिक दुई करोड ५० लाख लिटर खानेपानी माग छ । तर जम्मा ५०÷६० लाख लिटरमात्रै आपूर्ति हुँदै आएको छ । खानेपानीको समस्या समाधान गर्न एसियाली विकास बैंक (एडीबी)को २ खर्ब १६ करोड अनुदानमा खानेपानीको एकीकृत विकास आयोजना सुरु भएको थियो । तर त्यसमा पनि चरम भ्रष्टाचार भएको उनको दाबी छ । अब जनताको चाहना र आवश्यकता अनुसार काम गर्ने उनको प्रतिवद्धता छ ।
स्वतन्त्रको तर्फबाट उम्मेदवारी दिएर जनताको मन र मत जित्ने पूर्वका हर्क साम्पाङमात्रै एक्ला होइन । पश्चिमको धनगढी उपमहानरमा समेत स्वतन्त्र उम्मेदवार गोपाल हमालले राजनीतिक दलको किल्ला भत्काएर झण्डा गाडेका छन् । देशको मुटुमा रहेको काठमाडौं महानगर समेत बालेन शाह जित नजिक छन् । देशका केही प्रमुख स्थानमा स्वतन्त्र माथि जनताले देखिएका विश्वासले राजनीतिक दललाई भने धक्का पु¥याएको छ ।


प्रतिक्रिया