काठमाडौं– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई दलाई लामाले शुभकामना दिएदेखि सुरु भएको तिब्बती कनेक्सनको आरोप बालेन सरकारसम्म आइपुग्दासम्म कायमै छ । नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको जेनजी आन्दोलन यता केही त्यस्ता प्रकरण सतहमा आए, जसले तिब्बती शरणार्थीहरूको सक्रियता बढेको भान हुन्छ । यस विषयलाई बालेन सरकारका विवादित नियुक्तिले पनि बल दिएको छ । आफूलाई तिब्बती शरर्णाथीकी छोरी बताउने गायीका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मालाई बालेन सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेपछि विवाद उत्कर्षमा छ । शान्तीका प्रतिक गौतम बुद्धको जन्मभुमी लुम्बिनी अहिले आनीको नियुक्तीले असान्त बनेको छ । लुम्बिनी बचाउ महाअभियानले आनीको नियुक्ति बदर गर्न माग गर्दै विरोध प्रदर्शन गरिरहेको छ । नियुक्ति बदर नहुँदासम्म चरणबद्ध आन्दोलन जारी रहने जनाइएको छ ।
विवाद सतहमा आउँदासमेत सरकारले भने यसबारे कुनै जवाफ दिएको छैन । दलाई लामाको शुभकामनादेखि आनीको नियुक्तिसम्म आइपुग्दा बालेन सरकार तिब्बतीयनसँग नजिक भएको आरोपमा बल पुर्याउने चार प्रकरणबारे अब चर्चा गरौँ ।
Breaking


प्रतिक्रिया