विदेश

अफगानिस्तानमा तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुट्दै, केही साताभित्र सरकारको ढाँचा सार्वजनिक गरिने


काठमाडौँ – अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिवान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ । केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिवानले जनाएको छ ।

आगामी केही सातामा नयाँ शासकीय ढाँचा प्रस्तुत गर्ने लक्ष्य लिएको तालिवानका कानूनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले जनाएका छन् । यस्तै तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ । अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न उनीहरुले अपील गरेका हुन् । यस्तै तालिबानी सरकार महिलालाई पढ्ने, लेख्ने र काम गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि जनाइएको छ ।