विदेश

राजधानी काबुलबाहेक अफगानिस्तानका सबै मुख्य सहर तालिवानको कब्जामा


काठमाडौँ – अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिवानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन् । आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिवानले कब्जा जमाएका छन् ।

अफगान सुरक्षाकर्मीहरूले कुनै प्रतिकारबिनै जलालावाद तालिवानलाई छोडिदिएको सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । शनिबार तालिवानहरूले उत्तरी अफगानिस्तानको अर्को महत्वपूर्ण सहर मजर–इ– सरिफमा कब्जा जमाएका थिए । तालिवानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेको बिबिसीले जनाएको छ ।