प्रचण्ड

अचम्मको राजनीति : मनाङ्गेले कहिल्यै सोचेनन् होला ‘यो देशमा मन्त्री बन्छु’ओली, प्रचण्डदेखि मनाङ्गेहरु अपराधबाटै राजनीतिमा (भिडियोसहित)

?????????????????? ??????????????????????????? ???????????????????????? ???????????????????????? ????????????????????? ???????????????????????????????????? ?????????????????????????????? ????????????????????? ???????????? ???????????????????????? ????????????????????? ???????????????????????? ??????????????? ??? ???

योहो संवाददाता

काठमाडौँ – नीतिगत रुपमा हेर्दा अपराध र राजनीति अलग विषय हुन् । अपराध निमिट्यान्न पार्न राजनीतिको ठूलो भूमिका हुन्छ । तर नेपालमा ठीक विपरित छ । राजनीतिको संरक्षणको पहिलो प्राथमिकता नै अपराध भइदिएपछि गण्डकी प्रदेशमा अनपेक्षित रेकर्ड बनेको छ ।
२०५० तिरबाटै अपराधको यात्रामा रजगज चलाएका (राजीब गुरुङ) उर्फ दिपक मनाङगेले वितेको करिब तीन दशकमापटकपटक प्रहरीको फन्दामा पर्दा र जेलको हावा खाँदा कहिल्यै सोचेका थिएनन् होला, ‘एकदिन म पनि यो देशमा मन्त्री बन्छु ।’२०५० देखि ०७५अथवा मनाङगे औपचारिक राजनीतिमा आएर सांसद नहुँदासम्म काठमाडौंका प्रहरी प्रमुखको सुचिमा सधै मस्ट आण्टेडको स्थान मनाङगेले पाउँथे ।तर आज घुम्दैफिर्दै रम्जाटारको नेपाली राजनीतिले मनाङगेलाई गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा विराजमान गराइदिएको छ ।जसले राजनीतिको योग्यता र नैतिकमाथि नै प्रश्न उठेको छ ।

पहिले राजनीतिको आडमा आपराधिक गतिविधि गरिरहेका दिपक मनाङगे अहिले आफै राजनीतिमा स्थापित बन्दै छन् ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफु नेतृत्वको सरकार ढल्ने अवस्था आएपछि मनाङगेलाई मन्त्री बनाएका हुन् । सरकारलाई समर्थन गरेको तीन सिटे जनमोर्चाले समर्थन फिर्ता लिएर विपक्षीले दर्ता गरेको अविश्वासको प्रस्तावमा साथ दिएपछि मुख्यमन्त्री गुरुङले संकट टार्न अनेक हतकण्डाकै एक रुप मनाङगेलाई मन्त्री बनाएर देखाएका हुन् ।किनकि मुख्यमन्त्री गुरुङले बुधबार नै जनमोर्चाका सांसदलाई गायव पारेर नैतिकताको पराकाष्ठा दर्शाइ सकेका छन् ।सत्ता टिकाउनकै लागि मुख्यमन्त्रीले आफ्ना सांसद अपहरण गरेको भन्दै जनमोर्चाले आपत्ति जनाउँदै आएको छ ।

नेपाली राजनीतिको मुलधारमै अपराधसंग जोडिएका व्यक्तिहरुको हालीमुहाली रहेकाले दिपक मनाङगेको योग्यता स्वभाविक बनेको छ । किनकि २८ जनालाई गौर नरसंहारमा जीवन आहुती दिन उक्साउने र सो घटनाको नेतृत्व गर्ने आरोप लागेका उपेन्द्र यादव राष्ट्रिय राजनीतिमायोग्य छन् । २३ जनालाई जिउदै ईट्टाभट्टामा जलाएको अभियोगमा जेल जीवन विताइरहेका आफ्ताब आलाम पनि राजनीतिक लाभबाट पटक पटक पोषित छन् । विद्रोहका नाममा १७ हजारको बलिदान चढाएको आलोचनाबाटप्रचण्ड लगायत युद्धकालिन नेताहरु अहिलेपनि उम्कीन पाएका छैनन् ।कृष्णप्रसाद अधिकारीको ज्यान लिन प्रेरित गरेको आरोप खेपेका डा. बाबुराम भट्टराई अहिलेपनि राजनीतिको केन्द्रमा नै छन् । काभ्रेका अर्जुन लामा हत्यामा संलग्न भनि मुद्दा खेपीरहेका अग्निप्रसाद सापकोटा अहिले सभामुख छन् । भलै युद्धमोर्चाबाट आएका यी नेताहरुले यो अपराध नभई युद्धकालिन घटनाको रुपमा हेरिनु पर्ने बताउँछन् । सरकारी जमिनमाथि नीजि सहीछाप लगाउने विष्णु पौडेल अहिले पनि देशकै अर्थतन्त्रको ढुकुटी सम्हालीरहेका छन् । स्वंयम् प्रधानमन्त्री केपी शर्मा ओली नै व्यक्ति हत्याकै विजारोपणबाट राजनीतिक कर्ममा अघि बढेको आलोचकहरुको टिप्पणी छ ।

अपराध र राजनीति नदीका दुई किनारजस्तै हुन् । जसको आपसमा भेट हुनै सक्दैन । तर सिद्धान्त यस्तो भए पनि मुलुकको पछिल्लो राजनीतिक व्यवहार भने ठीक यसको विपरीत हुँदै आएको छ,जसले मिल्नै नसक्ने नदीका दुई किनारबाटराजनीति र अपराध नंङ र मासुको सम्वन्धमा स्थापित भएको छ । जुन राष्ट्र, राष्ट्रियता र जनताको सर्वाेच्चता जस्ता लोकतन्त्रको मुल मर्म माथि निर्मम प्रहार हो ।