काठमाडौं— संघीय संसदको दोस्रो अधिवेशन सुरुदेखि नै विवादित बनेको छ । बजेट अधिवेशनसमेत भनिने चालु बर्खे अधिवेशनको पहिलो बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रम पेस गरेको थियो । गत वैशाख २८ गते सोमबारदेखि सुरु भएको अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम वाचन गर्न दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले नै तयार पारेको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह बैठकबाट बाहिर निस्किएपछि सुरुकै दिन विवाद उत्पन्न भयो । राष्ट्रपति पदको अवमूल्यन गरेको र व्यवस्थामाथि नै प्रहार गर्न खोजिएको आरोप समेत सरकार प्रमुखले खेप्नुप¥यो ।
नीति तथा कार्यक्रम टेबुल गर्दा कार्यसूची अनुसार प्रधानमन्त्री अनुपस्थित भएपछि त्यसमा पनि विवाद भएको थियो ।
देश


प्रतिक्रिया