काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले संसदीय परम्परा मिच्दै नयाँ नजिर स्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संसद बोलाएर पनि स्थगित गर्दै अध्यादेशमार्फत शासन चलाउन खोज्नु अन्तर्राष्ट्रिय संसदीय अभ्यासविपरित भएको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री बालेन्द्र साहको पहिरनको चर्चा गर्दै नयाँ परम्पराको थालनी गर्न खोजिएको हो कि ? भन्दै प्रश्न गर्नुभयो ।
सांसद केसीले संसदले बनाएको प्रधानमन्त्री संसदप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।


प्रतिक्रिया