काठमाडौं– गत वर्षको भदौमा जेनजी आन्दोलनका क्रममा सबैभन्दा ठूलो आर्थिक क्षति व्यहोर्नेमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि एक हुन् । भ्रष्टाचार र कर छली गरेको आरोप लगाउँदै आन्दोलनका क्रममा भाटभटेनीलाई निसाना बनाइएको थियो । भाटभटेनीका २८ शाखामध्ये २१ वटामा आगजनी तथा तोडफोड भएको थियो । तीमध्ये १२ वटा शाखामा पूर्ण रूपमा क्षति पुगेको थियो । तोडफोड र आगजनीका साथै लुटपाट हुँदा करिब १२ अर्ब रुपैयाँ बराबरको भौतिक तथा आर्थिक क्षति भएको थियो । तर, यति ठूलो क्षति व्यहोरेर पनि गुरुङले हार मानेनन् । घटना भएको एक वर्षसमेत नबित्दै क्षतिग्रस्त शाखाहरू पुनः सञ्चालनमा ल्याउँदै उनले आफ्नो व्यावसायिक सामथ्र्य र दृढता प्रदर्शन गरेका छन् । अझ रोचक पक्ष त के छ भने, त्यतिबेला रास्वपा समर्थकले नै उनलाई भ्रष्टको आरोप लगाउँदै आगजनी गरेकोसम्म आरोप लाग्ने गरेको छ । तर, अहिले उनै गुरुङलाई रास्वपाकै सरकारले सबैभन्दा बढी कर दाखिला गर्ने करदाताका रूपमा सम्मानित गरेको छ । एकातिर रास्वपाका नेता–कार्यकर्ताहरू ठूला–ठूला भाषण गर्दै ‘एउटा सिंहदरबार जले के भयो त, यस्ता त २० वटा सिंहदरबार बनाउन सकिन्छ’ भन्दै सपना बाँडिरहेका थिए भने अर्कोतिर एक निजी व्यवसायीले आफ्ना जलेका संरचना पुनर्निर्माण गरेर पुनः सञ्चालनमा ल्याउँदै राज्यलाई उल्लेख्य कर योगदान गरिरहेका छन् ।
Breaking


प्रतिक्रिया