Breaking

एमाले फेरि तात्दै, ओली–विद्याकै कमान्ड, राष्ट्रिय भेलाका प्रष्ट ५ सन्देश, देशले नयाँ राजनीतिक कोर्स लेला ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– एमालेको राष्ट्रिय भेलाको एउटा प्रमुख सन्देश हो– सरकारलाई खबरदारी र पार्टी संगठनलाई प्रतिरोधका लागि तयार पार्नु । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधिमाथि निरन्तर प्रश्न उठाउँदै आएको एमाले अब त्यसलाई सडकसम्म विस्तार गर्ने रणनीतिमा देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई खबरदारी गर्ने बेला आएको भन्दै पार्टीका नेता–कार्यकर्तालाई पटक–पटक निर्देशन दिँदै आएका छन् । राष्ट्रिय भेलामार्फत तल्लो तहदेखि केन्द्रसम्मका नेता–कार्यकर्तालाई एकै ठाउँमा उभ्याएर सरकारविरुद्धको राजनीतिक प्रतिरोधलाई थप संगठित गर्ने एमालेको तयारी देखिन्छ । त्यसका लागि सडक संघर्षका कार्यक्रम र सम्भावित कार्यतालिकासमेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ । भेलालाई अध्यक्ष ओलीसँगै लामो समयपछि सक्रिय पार्टी राजनीतिमा फर्किएकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।