काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले शक्तिशाली सरकारको नेतृत्व गरेदेखि नै उनको शासन शैलीले राज्यका महत्त्वपूर्ण निकायहरुमा आतंक मच्चाएको छ । सरकारका स्वतन्त्र र स्वायत्त निकायहरुमा प्रधानमन्त्री कार्यलय र शाहको नीजी सचिवालयको स्वेच्छाचारी हस्तक्षेपका कारण राज्यका निकायहरु नै आतंकित बनेका हुन् । त्यसमाथि राज्यको चौथो अंग र स्थाइ प्रतिपक्षका रुपमा रहेको प्रेसमाथि मच्चाएको राज्यआतंकले सरकारको स्वेच्छाचारिताको पराकाष्ठ देखाएको छ । समाचार लेखकै आधारमा सञ्चारमाध्यममाथि धरपकड गर्दै सरकारले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरिरहेको छ । सरकारका काम कारवाहीहरुलाई लिएर निर्भिक रुपमा प्रश्न र आलोचना गर्ने पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रतालाई कुंठित गर्ने गरी निर्मम प्रहार भैरहेको छ । कहिले समाचार कक्षमै छिरेर पत्रकारलाई उठाउने, कहिले सञ्चारगृह अगाडी गाडी राखेर तर्साउने त कहिले मध्यरातमा पत्रकारको घरमै छिरेर अपहरण शैलीमा पक्राउ गर्ने, बालेन सरकारका यस्तै दमनकारी शैलीले नेपालको पत्रकारिता जगतमै त्रासको वातावरण सिर्जना गरेको छ । शुक्रबार दिउँसो राजधानीका सञ्चार गृहहरुमा एकसाथ राज्य आतंकको निकृष्ठ नाङ्गो नाच देखियो । शाही शासनको झल्को दिने गरी समाचार कक्षबाटै धमाधम पत्रकारहरुलाई पक्राउ गरियो ।
Breaking


प्रतिक्रिया