काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले बिहीबार शपथ ग्रहण गरेका छन् । केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।
असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति थापाले बडादशैंको फूलपातिका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए । बाँकी पदाधिकारी र केन्द्रीय कमिटीको शपथसँग कांग्रेसको १५ औँ महाधिवेशन विधिवत सम्पन्न भएको छ । शपथ कार्यक्रममा अन्तव्य राख्दै वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टी राजनीतिभन्दा माथि उठेर ‘पहिले देश’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले अब समाज रूपान्तरणको नेतृत्व लिनुपर्ने र त्यसका लागि सबै एकजुट हुनुपर्ने बताए ।
देश


प्रतिक्रिया