Breaking

एक्स्ट्रिम इनर्जी ड्रिंकले सार्वजनिक गर्यो एक्स्ट्रिम एन्थम

योहो संवाददाता

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) मा संगीतको नयाँ ऊर्जा थप्न एक्स्ट्रिम इनर्जी ड्रिंकले एक्स्ट्रिम एन्थम सार्वजनिक गरेको छ । कम्पनीका अनुसार क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा, खेलाडीको जितप्रतिको प्रतिबद्धता र समर्थकको उत्साहलाई समेटेर एन्थम तयार गरिएको छ।

विशेषगरी युवा पुस्तामा बढ्दो क्रिकेट आकर्षणलाई ध्यानमा राख्दै संगीतमार्फत खेलाडी र दर्शकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने प्रयास गरिएको कम्पनीले जनाएको छ । क्रिकेटलाई खेलमा मात्र सीमित नराखी समर्थकको सहभागिता र सामूहिक उत्सवसँग जोड्ने उद्देश्यले सांगीतिक प्रस्तुति तयार गरिएको कम्पनीको भनाइ छ ।

एनपिएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिंकले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकको रुपमा साझेदारी गरेको छ, भने पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन साझेदारी गरेको छ ।

एनपीएलमा विभिन्न टोलीसँगको प्रायोजन साझेदारीसँगै एन्थम सार्वजनिक गरेर कम्पनीले खेलकुद प्रवद्र्धन र व्यावसायिक ब्रान्डिङलाई अघि बढाएको छ ।