काठमाडौं– वर्तमान बालेन सरकारका सबैभन्दा अब्बल र विज्ञ मन्त्रीका रूपमा चिनिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको पछिल्लो अभिव्यक्तिले राजनीतिक र कूटनीतिक वृत्तमा तरंग पैदा गरेको छ । गत शुक्रबार ‘एनडीटीभी वल्र्ड समिट २०२६’ मा सम्बोधनका क्रममा वाग्लेले नेपाल–भारत सम्बन्धलाई लिएर हलुका ढंगले बोलेको गम्भीर विषयले मुलुकभित्र तरंग ल्याएको हो । वाग्लेको वाककला र ‘एड्भान्स अंग्रेजी’को अन्तर्राष्ट्रिय स्तरमै चर्चा भइरहँदा, विदेशी मञ्चमा पुगेर उनले फरर अंग्रेजीमा दिएको अभिव्यक्तिले नेपाल र नेपालीहरूकै अपमान गरेको अर्थमा बुझिएको छ । नेपालमा ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै उनले दिएको अभिव्यक्तिलाई लिएर अहिले राष्ट्रिय राजनीतिमा तीव्र विरोध भइरहेको छ ।
Breaking


प्रतिक्रिया