काठमाडौं– सत्तारुढ पार्टी रास्वपा नै स्थानीय चुनावको घोषित तयारीमा लागेपछि अरु दलहरु पनि जुर्मूराउन थालेका छन् । कसैले जनतासँग भेट्ने नाममा त कसैले जागरणका नाममा अभियान छेडेर जनता चाहिएको भान दिलाउन थालेका छन् ।
प्रतिपक्षमा रहको नेपाली कम्युनिसट पार्टीले जागरण अभियान सुरु गरेको छ । केही समय अघिसम्म सडक संघर्ष र आन्दोलन नै गर्ने दाबी गरेको नेकपा जागरणमा मात्र आफ्नो अभियानलाई सीमित पारेको हो । आइतबारदेखि सुरु भएको अभियान अबको दुई महिनासम्म चल्नेछ । यो अभियानका क्रममा तल्लो तहसम्म पुगेर नागरिकका प्रमुख समस्या तथा मागहरू संकलन गर्ने, संगठन सुदृढीकरण तथा सदस्यता नवीकरण गर्ने र जनताका सरोकारका विषयमा दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ । नेकपाले अहिले मुलुकको परिस्थिति जटिल मोडमा रहेको निष्कर्ष निकालेको छ । सुरुमा जेनजी आन्दोलन र नयाँ सरकारप्रति औधी सकारात्मक रहेको नेकपा अहिले औधी विरोधी बनेको छ । सरकारका गतिविधिहरु त एकातर्फ छँदैछन् । अर्कोतर्फ आफूले गणतन्त्रका फूल भनेर नजिकिन खोज्दा समेत बालेन भने मुख देखाउन समेत नचाहेको उनको चित्तदुखाई रहँदै आएको छ ।
Breaking


प्रतिक्रिया