Breaking

कांग्रेसका मियो विश्वप्रकाश, गगनलाई बनाउँदैछन् कि डुवाउँदै छन् ? सिटौलादेखि देउवासम्मलाई बदला (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राजनीतिमा एउटा सर्वस्वीकार्य जस्तै बनेको एउटा भनाइ छ– ‘जोगी बन्न राजनीति गरिन्न’ । तर, मुखमै आइसकेको प्रधानमन्त्री रवि लामिछानेले बालेन्द्र शाहलाई दिए । यही कारण रविलाई त्यागी नेताको उपमा भिराइयो । यस्तै दुई पात्र छन् नेपाली कांग्रेसमा । समकालीन महामन्त्री रहेका विश्वप्रकाश शर्मा, जसले गगन थापालाई सभापति र देशको प्रधानमन्त्री बनाउन हरसम्भव सहयोग गरे । नेपाली राजनीतिका हरेक कालखण्डमा समकालीन नेताहरु नेतृत्वमा पुगेपछि छुरा हान्ने प्रवृत्तिबाट एकले अर्कालाई स्थापित गराउने प्रवृत्तिमा गगन र विश्वको सम्बन्धले नयाँ अध्याय थपेको स्वीकार स्वयं थापा गर्छन् ।