Breaking

रास्वपा सरकारः दसैँको मुखमा ग्यासको लाइनमा जनता, यस्ता छन् हैरानी, चुलियो जनआक्रोश (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– वर्षको एक दिन आउने नेपालीहरुको महान चाड बडादशैं सबैको घर आँगनमा आइसकेको छ । तर विगत ७ महिनादेखि देशभर अभाव रहेको खाना पकाउने ग्यास भने अझै घर घरमा पुग्न सकेको छैन । गत फागुन देखि सुरु भएको ग्यास अभाव दशैं आउँदासम्म पनि दुरुस्तै छ । डिलरमा महिनौं सम्म खाली सिलिन्डर राख्दा पनि सर्वसाधारणले ग्यास पाउन सकेका छैनन्, हप्तौंसम्म डिपोहरुमा लाइन बस्दा पनि उपलब्धी शून्य छ । एकातीर दशैंको चटारोले भ्याइ नभ्याइ छ भने अर्कोतीर खाना पकाउने ग्यासकै लागी संर्घष गरिरहनु परेको छ । महिनौं देखीको यहि अभावलाई टार्न नसक्दा मन्त्री समेत फेरिए, तर उपभोक्ताको सास्ती भने जस्ताको त्यस्तै छ । मन्त्री फेरिको केहि समय अवस्था सामान्य बनेजस्तो भएपनि दशैं नजिकिएसँगै काठमाडौंसहित देशका विभिन्न ठाउँमा एलपी ग्यासको अभाव देखिन थालेको हो । अहिले काठमाडौंका विभिन्न सरकारी डिपोहरुमा ग्यास लिन उपभोक्ताहरू लाइनमा बस्न बाध्य भएका छन् । ग्यासको लागी दिनभर लाइनमा बसेपनि सिलिन्डरको साटो एउटा टोकन थमाइन्छ । जसमा खाली सिलिन्डर दिएपछि भरि सिलिन्डर भने २ दिन पछि मात्रै पाउने भन्दै मिति तोकिदिएको हुन्छ ।