नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा सुशील भट्टले उम्मेदवारी दिने भएका छन्।
काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधि रहेका भट्टले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘मसँग नेपाली कांग्रेसका इमानदार कार्यकर्ताको विश्वास छ। परिवर्तन चाहने युवाको आवाज छ। अग्रज पुस्ताको अनुभव र मार्गदर्शन छ। र, मेरा लागि सिंगो कांग्रेस नै मेरो टिम हो,’ उनले भने, ‘म रुखको जरा हुँ। जरामाथि पुग्न खोज्दैन, रुखलाई बलियो बनाउन माटोमुनि बसेर काम गर्छ।’
उनी नेविसंघ हुँदै पार्टी राजनीतिमा आएका हुन्।


प्रतिक्रिया