काठमाडौं– नेपाली कांग्रेसले आफनो नियमित १५ औँ महाधिवेशन आईतबारबाट काठमाण्डौँका खुल्ला मन्चमा गर्दैछ । विधान संशोधन गर्दै पदाधिकारी संख्या, मनोनयन अधिकार तथा संगठनात्मक संरचनासम्बन्धी नयाँ व्यवस्था गर्ने पार्टीको तयारी छ । देउवा समूहबाट विद्रोह गरेका नेतालाई पार्टीमा समेट्न सभापति गगन थापाले पदाधिकारी संख्या बढाउन लागेका हुन् । त्यसका लागि कांग्रेसले विधान मस्यौदा समितिसमेत गठन गरेको छ । सभापति थापाले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरी सदस्यहरू मनोनयन गरिसकेका छन् ।
पदाधिकारी संख्या थप्ने तथा महामन्त्री नै ४ जनाको व्यवस्था गर्ने तयारीपछि यस पदमा आकर्षण बढेको छ । आकांक्षी बढ्दै जाँदा सर्वसम्मत गर्ने शीर्ष तहको तयारी समेत फेल खाने अवस्था छ । महामन्त्रीमा मात्र दर्जन बढी नेताहरुले दावि गरिरहेका छन् । कतिपयले आफनो उम्मेद्धारी समेत घोषणा गरिसकेका छन् ।
Breaking


प्रतिक्रिया