काठमाडौं–नेपालको राजनीतिमा झन्डै तीन दशकदेखि नेतृत्व तहमा रहेर पटक–पटक मुलुकको सत्ता सम्हालेका तीन पात्र हुन्– देउवा, ओली र प्रचण्ड । अझै पनि विभिन्न षड्यन्त्र गरेर राजनीतिमा छिर्के दाउ हानिरहेका पहिलो पात्र हुन्— पाँचपटक प्रधानमन्त्री भएका र दुईपटक नेपाली कांग्रेसको नेतृत्व सम्हालेका पूर्वसभापति शेरबहादुर देउवा । देउवा अझै पनि सक्रिय राजनीतिमै रहिरहन चाहन्छन् । किनकि कांग्रेसको विधानले उनलाई तेस्रोपटक सभापति हुन रोके पनि पार्टी फुटाएर होस् वा नयाँ पार्टी बनाएर, फेरि सक्रिय राजनीतिमै रहिरहने कसरतमा उनी छन् ।
त्यसैअनुरूप उनले बिहीबारदेखि कांग्रेस इतरपक्षको वडा अधिवेशन नै सुरु गरेर महाधिवेशन केन्द्रित गतिविधि अगाडि बढाएका छन् । उमेरले चारबिसा कटिसकेका देउवा अझै पनि मौका पाउनासाथ प्रधानमन्त्री बन्ने षड्यन्त्र बुन्दैछन् । देउवा यस्ता पात्र हुन्, जो नबोलेरै पनि भित्रभित्रै धेरै रणनीति बनाएर अघि बढ्छन् । तर पछिल्लो एक वर्षमा उनलाई आफ्नैहरूले धोका दिँदा उनको राजनीतिक जीवनको बर्हिमगन भने दुःखद हुने देखिँदैछ ।


प्रतिक्रिया