Breaking

बालेनको अमेरिका भ्रमण ऐतिहासिक, शिशिरका उपलब्धि फेहरिस्त, कुन देशको कति सहयोग ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ४ गते न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल १० दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । महासभाको मञ्चमा जलवायु न्यायदेखि विकासशील मुलुकका मुद्दासम्म नेपालको स्पष्ट धारणा प्रस्तुत गरिएको उनको भनाइ छ । साथै, विभिन्न देशका विदेशमन्त्री तथा उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्तासहित ८० भन्दा बढी बैठकमा सहभागिता जनाएको र कूटनीतिक सम्बन्ध विस्तार तथा महत्त्वपूर्ण सम्झौताहरू गरेको बताएका छन् ।