देश

बालेनका ६ महिना : कहाँ–कहाँ भयो कायापलट ? मन्त्रीको काम झुर, महँगीदेखि चोलेन्द्रसम्मले ब्याकफायर (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले ६ महिना पूरा गर्दा सरकारमाथि उठेका प्रश्नहरूको प्रकृति पनि फेरिएको छ । सुरुवाती ३ महिनामा निर्णय र सुधारको रफ्तार देखाएको सरकार अहिले भने मन्त्रीहरूको कमजोर डेलिभरी, बजारको महँगी, बाढीपीडितको राहत तथा पुनस्र्थापना, भ्रष्टाचार नियन्त्रण र न्यायपालिकासँगको व्यवहारजस्ता विषयले आलोचित बनेको छ । सरकारको पक्षमा गर्नुपर्ने काम धेरै छन्, तर जनताले तत्काल खोजेका विषयमा सरकार कति प्रभावकारी देखियो त ? भन्ने प्रश्न उठिरहेको छ । विगत ३५ वर्षसम्म केही भएन भन्दै ‘जान्नेलाई छान्ने’ नारासहित उदाएको रास्वपाको झण्डै दुईतिहाइ मत रहेको सरकारको सुरुवाती दिन निकै रफ्तारमा देखियो; जहाँ मन्त्रीदेखि प्रधानमन्त्री स्वयंको सक्रियता बढ्दो थियो ।