काठमाडौं– प्रधानमन्त्री बालेन शाहको चर्चा अहिले राष्ट्रिय स्तरमा मात्रै होईन विश्वभर नै छ । विश्वका मानवजिवन माथीनै खतराको रुपमा पैदा भएको जलवायु परिवर्तनको विषय देखी शक्ति राष्ट्रको हतियार र भोकमरीले गुज्रेका गरिव देशको मुद्दा अन्तराष्ट्रिय मञ्चमा घन्काएपछि शाहको विश्वभरीनै वाहावाही छ । उनले बोलेका प्रत्यक शब्दलाई अन्तराष्ट्रिय जगतले प्राथमिकताका साथ व्याख्या गरेका छन् । ३६ वर्षे विश्वकै कान्छा प्रधानमन्त्री बालेन शाह यसै पनि विश्वका शक्ति राष्ट्रको नजरमा थिए । त्यस माथी राष्ट्रसंघको मञ्चबाट विश्वलाईनै चेतावनीको संकेत गरे पछि उनि प्रतिको आर्कषण झनै बढ्यो । विश्वको ध्यान खिचेका प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय मञ्चमा आफुलाई अब्बल सावित गरेर फर्किएका छन् ।
Breaking


प्रतिक्रिया