Breaking

गगन–देउवा धमाधम अधिवेशनमा, कार्यकर्ता तान्न अनेक प्रलोभन, साथ दिएकाहरु नै भाँड्न उत्रिए (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– गगन थापा नेतृत्वको कांग्रेसले घोषित १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिकालाई तीव्रता दिएको छ । वडा र नगर अधिवेशन सकेर क्षेत्रीय अधिवेशनमा होमिएको कांग्रेसले मनाङ, मुस्ताङ र बैतडीमा अधिवेशन सम्पन्न गरिसकेको छ भने १४ जिल्लामा निर्वाचन प्रक्रिया जारी छ । असोज १० देखि १३ गतेसम्म सञ्चालन हुने प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनअन्तर्गत संखुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुमपूर्व, रोल्पा, रुकुमपश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा उद्घाटन सत्र सुरु भई निर्वाचन प्रक्रिया चलिरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिएका छन् । यसअघि निर्वाचन समितिले मौसमको प्रतिकूलताका कारण असोज १० गतेका लागि तोकिएका क्षेत्रीय अधिवेशनहरू आवश्यकताअनुसार असोज १३ गतेभित्र सम्पन्न गर्न सकिने व्यवस्था गरेको थियो । कांग्रेसले असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरेर १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएको थियो ।