Breaking

देउवाको अन्तिम अस्त्र बाँकी नै, अदालतको भर, नभए नयाँ पार्टी, यसरी गर्दैछन् महाधिवेशन (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय राजनीतिबाट किनारा लागिसकेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सक्रिय राजनीतिमा आउँदिनँ भन्दै फेरि राजनीति नै गरिरहेका छन् । उमेरले चार बीसा कटिसकेका देउवाले लिनुपर्ने जति लाभ लिइसके; देउवालाई यो देशले दिनुपर्ने जति सबै दिइसक्यो । तर, अझै उनी राजनीतिमै सक्रिय हुन चाहिरहेका देखिन्छन् । गत वर्षको भदौ २३–२४ मा भएको आन्दोलनकै कारण जेनजीबाट लखेटिएका देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिमा तंग्रिने कोसिस गर्दैछन् । चार पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष ओलीले आफूलाई अध्यक्षबाट हटाउँछु भन्ने विरोधी पात्रहरूलाई ठेगान लगाउँदै फेरि तंग्रिन खोज्दैछन् । तर देउवाको अवस्था भने नितान्त फरक छ । ओलीलाई पुनरागमन गर्न सहज भइरहँदा देउवाका लागि भने पुनरागमन फलामको चिउरा चपाउनु सरह भइरहेको छ । ३६ वर्षका युवा प्रधानमन्त्री भएको देशमा ८० वर्षे वृद्ध देउवाले राजनीतिमा फर्किने दाउ हेर्नु अस्वाभाविक नहोला, तर अब देउवाले देश र जनतालाई दिन सक्ने केही छैन । तैपनि देउवाले अझै आश मारेका छैनन् । अझै त्यस्ता के–के विकल्प बाँकी छन् र उनी फेरि राजनीतिमा फर्किने बाटो हेर्दैछन् ? त्यो भने आश्चर्यजनक छ । यद्यपि, राजनीतिमा कमब्याक गर्न खोजिरहेका देउवाबारे बुँदागत रुपमा हेरौँ ।