Breaking

ओली झनै अहंकारी, ठाउँका ठाउँ पेलिए शंकर र योगेश, कृष्णगोपाललाई हपारे, गल्ती स्वीकारे, अध्यक्ष नछोड्ने (भिडियोसहित)

योहो संवाददाता

काठमाडौ– ‘समृद्ध नेपाल, सुखी नेपाली’ र ‘मै बनाउँछु मेरो धरहरा’ जस्ता राष्ट्रवादी नारा तथा सपना बाँडेर पार्टीलाई शक्तिशाली बनाएका अध्यक्ष केपी शर्मा ओलीकै बोलीका कारण अहिले नेकपा (एमाले) धुलिसात भएको छ । पछिल्लो एक दशकको अन्तरालमा पार्टीलाई इतिहासकै लोकप्रियताको शिखरमा पु¥याउनेदेखि भुइँमा पछार्नेसम्म ओलीकै बोली मुख्य कारण बन्दा, त्यसको ठूलो मूल्य एमालेका शीर्ष नेतादेखि आस्थावान् कार्यकर्तासम्मले चुकाउनु परिरहेको छ । स्वयं अध्यक्ष ओली नै गत फागुन २१ को निर्वाचनमा आफ्नो गढमा लज्जास्पद हार व्यहोर्दै संसदीय राजनीतिबाट बाहिरै बस्नुपरेको छ । राज्य सञ्चालनका लागि नीति बनाउने थलो संसद् भवनदेखि देशको केन्द्रीय प्रशासनिक मुख्यालय सिंहदरबार नै जल्ने अवस्थासम्म पुग्नुको एक कारण ओलीकै बोली र कार्यशैली रह्यो । तर, यति सब हुँदा पनि ओलीको बोलीमा अझै लगाम लागेको छैन । उनको अभिव्यक्ति सुन्दा लाग्छ— एमालेभित्र उनी अझ बढी कट्टर, निरङ्कुश र निर्मम बन्न खोजिरहेका छन् । सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकको उद्घाटन सत्रमा ओलीले आफ्नो तानाशाही शैली प्रस्तुत गर्दै एमालेको सर्वेसर्वा आफू एक्लो रहेको दम्भपूर्ण सन्देश दिए ।