Breaking

ओलीको रौद्ररुप, विरोधीलाई एक–एक गरी झपारे, उत्तर कोरियाको पारा, चकित परे सारा (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– आम निर्वाचनमा भएको लज्जास्पद हारको समीक्षा र नेतृत्व परिवर्तनको बहसमा रुमल्लिएको नेकपा एमाले अन्ततः फेरि पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व स्वीकार गरेर जाने दिशामा अघि बढेको छ । गत फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसिरहेको एमाले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले आफू नेतृत्वबाट नहट्ने स्पष्ट आशयसहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन् । पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय नभएको जिकिर गर्दै उनले नेतृत्व विस्थापनलाई नै पुनर्गठन भन्न नमिल्ने तर्क गरेका छन् । रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणलाई सही अर्थमा बुझ्नुपर्ने भन्दै इतिहास मेटेर होइन, जरा जोगाएर मात्र नयाँ पुस्ता अघि बढ्ने उनको दाबी छ । त्यति मात्र होइन, राष्ट्रिय राजनीतिदेखि पार्टीभित्रका समस्या र आगामी कार्यभारसम्मका विषय समेटेर ल्याइएको प्रतिवेदनमा इतिहासमा पार्टी कसरी पुनर्गठन भएका थिए भन्ने दृष्टान्तसमेत पेस गरिएको छ । केशरजंग रायमाझीको दरबार प्रवेशदेखि झापा आन्दोलन र २०७५ सालसम्मका विगतका तीनवटा पुनर्गठनका घटनालाई स्मरण गराउँदै उनले अहिलेको अवस्था त्यस्तो नभएको उल्लेख गरेका छन् । ओलीले तत्काल नेतृत्व छाड्ने संकेत नदेखाएपछि नेतृत्व पुनर्गठनको पक्षमा रहेका नेताहरू भने निराश देखिएका छन् ।