Breaking

जब्बर ओली, विष्णु र शंकरको केही चलेन, तीन प्रतिवेदनको भिडन्त, कसरी जोगियो अध्यक्ष पद ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– निर्वाचनमा भोग्नु परेको पराजयको समीक्षा गर्दै पार्टी नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनका लागि तयार भएका प्रतिवेदनहरु नै विवादको विषय बन्दा नेकपा एमालेमा प्रतिवेदनको टकराव तत्काललाई टरेको छ । अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउने प्रस्तावसहित आएको पहिलो प्रतिवेदन, त्यसको प्रतिवादमा आएको दोस्रो प्रतिवेदन र नेतृत्व परिवर्तनको प्रस्ताव नै हटाएर आएको तेस्रो प्रतिवेदन । यी प्रतिवेदनमाथि नेताहरूबीच पक्ष–विपक्षमा बढेको असन्तुष्टि र नेतृत्व पुनर्गठनको बहस भने अझै सकिएको छैन ।
यी तीन फरक प्रतिवेदनले विवादलाई झनै सतहमा ल्याए पनि तत्कालका लागि अध्यक्ष ओलीको संकट भने टरेको छ । तर पार्टीभित्रको संकट वास्तवमै टरेको हो कि केही समयका लागि मात्र थाती राखिएको हो ? भन्ने प्रश्न सतहमा आएको छ । आइतबार बसेको कार्यदलको बैठकमा अब अध्यक्षको राजीनामा कहीँ–कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा उल्लेख नगर्ने र अध्यक्षको आलोचना कसैले पनि कहीँ–कतै नगर्ने सहमति भएको सचिव महेश बस्नेतको दाबी छ ।