Breaking

रेणु चन्द : प्रश्नको तुफान, सोविताको माफी, राष्ट्रिय सभामा उनलाई देखेपछि डराउँछन् मन्त्री (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विपुल जनमत र सांसद सङ्ख्याले प्रतिनिधि सभामा अहिले प्रतिपक्षीहरूको आवाज निष्प्रभावी बनिरहेको छ । प्रतिनिधि सभामा रास्वपाको झन्डै दुईतिहाइ नजिकको बहुमतका कारण प्रतिपक्षको आवाज कमजोर हुँदा राष्ट्रिय सभामा रास्वपाको उपस्थिति नहुँदा पनि प्रतिपक्षको प्रभावकारितामाथि प्रश्न उठ्दै आएको छ । दुवै सदनमा प्रतिपक्षको कमजोर उपस्थितिकै कारण दुईतिहाइ नजिकको शक्तिशाली सरकार निरङ्कुशतातर्फ उन्मुख भएको आरोपसमेत लाग्दै आएको छ । तर पछिल्लो समय राष्ट्रिय सभामा एउटा यस्तो आवाज गुञ्जिरहेको छ, जसका तथ्यगत शब्दबाणहरूले शक्तिशाली सरकारका प्रधानमन्त्रीदेखि अब्बल भनिएका मन्त्रीहरूसम्मलाई हायलकायल बनाइरहेका छन् ।