काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट निर्वाचित भएका र देउवाका कट्टर समर्थक मानिएका अधिकांश शीर्ष नेताहरू अहिले गगन थापा नेतृत्वको संस्थापन पक्षतिर खुल्न थालेका छन् । १५औँ महाधिवेशनको संघारमा अधिकांश नेताहरू पार्टी मुख्यालय सानेपा पुगेपछि अब पूर्वसभापति देउवाको साथमा कति केन्द्रीय नेताहरू बाँकी छन् भन्ने चासो चुलिएको छ । करिब ३५ जना नेताहरूले देउवाको समानान्तर महाधिवेशनको तयारीबाट अलग हुँदै विशेष महाधिवेशनबाट आएका सभापति थापा नेतृत्वको पार्टी संरचनामा सहभागी हुने निर्णय गरेका छन् । देउवा समूहमा लामो समय प्रभावशाली भूमिकामा रहेका महालक्ष्मी उपाध्याय ‘डिना’, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे, किशोरसिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानियाँ, जीवनबहादुर शाही, श्याम घिमिरे र मीनबहादुर विश्वकर्मा लगायतका नेताहरू सभापति थापाको क्याम्पमा समाहित भएका छन् । त्यस्तै रामहरि खतिवडा, ईश्वरी न्यौपाने, सीता गुरुङ, उमेश श्रेष्ठ लगायतका नेताहरू पनि थापा नेतृत्वको संस्थापनतर्फ पुगेका छन् ।
तर, यति धेरै नेताहरुले साथ छाड्दा पनि पूर्वसभापति देउवा पूर्ण रूपमा एक्लिएका भने छैनन्; अझै पनि उनको साथमा प्रभावशाली नेताहरू उभिएकै छन् । जसमा प्रकाशमान सिंह, विमलेन्द्र निधि, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का, एनपी साउदलगायत २८ भन्दा बढी नेताहरू देउवाकै साथमा छन् ।
Breaking


प्रतिक्रिया