Breaking

रास्वपा दुईतिहाइको शक्ति : कांग्रेसले सर्वोच्च गुहार्दा झट्का, त्रासमा रवि, संविधान संशोधनमा धक्का (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– संख्याको बलमा संविधान संशोधनको बाटो सहज बनाउने र सांसदको विशेषाधिकारका नाममा कानुनलाई नै चुनौती दिने गरी तयार पारिएको प्रतिनिधिसभा नियमावली, २०८३ अन्ततः सर्वोच्च अदालतको संवैधानिक परीक्षणमा अल्झिएको छ । गत जेठ १७ गते संसद्मा देखिएको दृश्य सामान्य थिएन । सभामुख डोलप्रसाद अर्यालले मर्यादापालकको घेराभित्र रहेर जबर्जस्ती नियमावली निर्णयार्थ प्रस्तुत गर्दा विपक्षी सांसदहरू सभामुखको आसनसम्ममै पुगेर भौतिक आक्रमणकै शैलीमा उत्रिएका थिए । विपक्षीको चर्को नाराबाजी र रोस्टम घेराउबीच सभामुखले ३५ वटा संशोधन प्रस्तावलाई समितिमा दफावार छलफल नै नगराई बहुमतको बलमा नियमावली पारित भएको घोषणा गरेका थिए ।