काठमाडौं– विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व गर्ने अवसर पाएका सभापति गगन थापाले फुटको संघारमा पुगिसकेको पार्टीलाई एकताबद्ध राख्न चालेका अस्त्रहरू एकपछि अर्को गर्दै असफल भइरहेका छन् । निर्वाचन आयोगले दिएको वैधानिकतालाई सर्वोच्च अदालतले सदर गरिदिएपछि केही राहत महसुस गरेका विशेष महाधिवेशन पक्षधरलाई प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले दिएको निस्साले पुनः अर्को झट्का दियो । गगनले पार्टीलाई एकताबद्ध बनाउने हेतुले कोइराला परिवारलाई आफ्नो कित्तामा ल्याउन खोजे पनि उनी त्यसमा सफल हुन सकेनन् । दुई डाक्टर शेखर र शशाङ्क कोइरालामध्ये शेखर तटस्थ देखिँदा इतर पक्षले शशाङ्कलाई नै नेता मानेर अघि बढेपछि गगनको त्यो प्रयास पनि सार्थक हुन सकेन ।
Breaking


प्रतिक्रिया