Breaking

शक्तिको केन्द्रमा रवि : शक्ति राष्ट्रको इपीसेन्टर, प्रचण्ड र गगनको वाहवाही, टेर्दैनन् बालेन (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– देशको सबैभन्दा शक्तिशाली व्यक्ति हुन्— प्रधानमन्त्री बालेन्द्र शाह । तर, प्रधानमन्त्रीभन्दा पनि कोही शक्तिशाली छ भने ती हुन्— रवि लामिछाने । सत्ता हाँकिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसद्को सबैभन्दा ठूलो दल हो । रास्वपा सभापति लामिछानेले चाहे भने सरकार, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म फेर्ने तागत राख्छन् । तर, यति धेरै शक्तिशाली लामिछाने पछिल्लो समय शक्तिहीन बनेका छन् । उनी यतिसम्म निरीह बनेका छन् कि आफ्नै दलको सरकारमा मन्त्री फेर्दासमेत उनलाई अत्तोपत्तो हुँदैन । लामिछाने हरेक मञ्चमा सरकारको बचाउमा सतिसालझैँ उभिन्छन् । चाहे त्यो प्रधानमन्त्रीले बाटो बिराउँदा होस् या देश संकटमा पर्दा नै किन नहोस्, लामिछाने अग्रमोर्चामा उभिँदै छाती थाप्छन् ।