काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि पार्टीका दुई समूहबीचको मिलनमा उनी सूत्रधार बन्लान् भन्ने धेरैको अपेक्षा थियो । तर देउवा बदलाको भावसहित स्वदेश फर्किएर मैदानमै उत्रिएपछि कांग्रेसको आन्तरिक विवादले नयाँ मोड लिएको छ । विवादका बीच एकताको सन्देश दिने गरी छलफल थालेका दुई समूह फेरि एकपटक आमनेसामने भएका छन् । अहिले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले पदको कुर्बानी दिनुपर्ने अवस्था सिर्जना भएको छ । फलस्वरूप, अब एउटै पार्टीका दुई महाधिवेशन हुने निश्चितप्रायः भएको छ । दुवै समूहले आ–आफ्नो कार्यतालिकासमेत सार्वजनिक गरिसकेका छन् । संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी तीव्र पारेको छ । त्यसका लागि भृकुटीमण्डपको प्रदर्शनी हल, बगैँचा र पार्किङस्थल समेत बुकिङ गरिसकिएको छ । महाधिवेशनको कार्यतालिका परिवर्तन गर्दै वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्ने र जिल्ला तथा प्रदेशको अधिवेशन पछि गर्ने तयारी संस्थापनको छ । अर्कोतर्फ, देउवा पक्ष अर्थात् संस्थापनइतर समूहले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी छुट्टै तयारी थालेको छ ।
Breaking


प्रतिक्रिया