काठमाडौं– गत वर्ष ठिक यही समयमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो राजनीतिक र व्यक्तिगत जीवनको कठिन घडीबाट गुज्रिरहेका थिए । भदौ २४ गतेको विध्वंसमा आन्दोलनकारीको भौतिक आक्रमणमा परेका उनी र उनकी पत्नी डा. आरजु राणा देउवा दुवैले कठिन परिस्थितिको सामना गरिरहेका थिए । घर जलेर खरानी भएको थियो, शारीरिक रूपमा अशक्त भएका थिए र दशकौँ लामो राजनीतिक विरासतमा ब्रेक लागेको थियो । यही मौकामा आफ्नै पार्टीभित्र विद्रोहको तयारी भइरहेको थियो । जसका कारण उनी दशकौँ लामो बलिदानीपूर्ण राजनीतिक जीवनबाट सन्न्यास लिने अवस्थामा पुगेका थिए । सायद देउवाले आफ्नो जीवनमा एकैचोटि यस्तो संकटको सामना गरेका थिएनन् । तर समय बलवान् हुन्छ भनेझैँ राजनीतिक र शारीरिक रूपमा थला परेका देउवा एक वर्षको अवधिमै फेरि सक्रिय भएका छन् । पाँच महिनाको विदेश बसाइपश्चात् नेपाल फर्किएका उनले पार्टीको चरम आन्तरिक संघर्षका बीच फेरि राष्ट्रिय राजनीतिमा सक्रियता बढाएका हुन् । विशेष महाधिवेशनबाट गगनकुमार थापाले पार्टीको नेतृत्व गरिरहँदा देउवाले भने उनलाई अझै स्वीकार्न सकेका छैनन् । विशेष महाधिवेशनलाई अवैधानिक भन्दै देउवा र उनको समूहले छुट्टै समानान्तर गतिविधिहरू गरिरहेका छन् ।
Breaking


प्रतिक्रिया