देश

बालेन डुबाउने ५ मन्त्री, रास्वपाकै बेइज्जत गरे, सुनिलको हेलिकप्टर, सुधनको भोट फिर्ता, पुरानालाई मसला (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको ‘देश बनाउने टोली’का दुई मन्त्रीदेखि अन्य केही मन्त्रीको कामगराइ हेर्दा लाग्छ— उनीहरूबाट देश त थाहा छैन, तर आफू चाहिँ बनेका छन् । उनीहरूले सम्हालेका मन्त्रालयले के काम ग¥यो र जनताले के पाए, त्यो त थाहा छैन; तर उनीहरू सामान्य नागरिकबाट पहिले नेता बने त्यसपछि माननीय सांसद बने र अहिले मानैमानले भरिपूर्ण मन्त्री बनेका छन् । कुनै एउटा प्रेमीले प्रेमिकालाई आकाशको तारा झारिदिन्छु भनेझैँ उनीहरुले जनताको उच्च महत्त्वाकांक्षा बढाए । अहिले जनताको अदालतको कठघेरामा परेपछि उनीहरू प्रश्नबाट भाग्न अनेक तिकडम गरिरहेका छन् ।